होली पर्व र अपनाउनु पर्ने सावधानीहरु
होली पर्व र अपनाउनु पर्ने सावधानीहरु
होली पर्व र अपनाउनु पर्ने सावधानीहरु
- 444 Views
- MARCH 19, 2022

होली हामी हिन्दु धर्मावलम्बीहरुको विशेष पर्व मध्ये एक हो । विभिन्न रङ र पानीको प्रयोग गरी खेलिने यस पर्वको समाप्तिसंगै छाला रोग विशेषज्ञहरुकोमा छाला सम्वन्धि सम्स्या लिएर पुग्ने मानिसहरु धेरै हुने गर्दछन् । सावधानी नअपनाइकन खेल्दा विभिन्न रङ तथा फोहोर पानीका कारणले गर्दा मुख्यतया छालाको एलर्जी लिएर आउने बिरामी प्रसस्त भेटिने गर्दछन् । तर, यही पर्वलाई सामान्य सावधानी पालना गरेर खेल्न सकियो भने यो समस्याबाट सहजै बच्न सकिन्छ । होली पर्व पश्चात् हुन सक्ने छाला रोगबाट बच्न केही उपायहरु यहाँ विश्लेषण गरीएको छ ।
होली पश्चात छालामा देखिन सक्ने असरहरुः
१) रङका कारण छाला रातो हुने, चिलाउने, घाउ खटिरा आउने तथा छालामा संक्रमण देखिन सक्दछ ।
२) रङ तथा फोहर पानी आदिका कारणले कपाल टुक्रिने तथा झर्ने समस्या देखा पर्न सक्दछ ।
३) नङ टुक्रिने तथा भाच्चिने समस्यहरु देखिन सक्छ । साथै नङ को वरिपरि संक्रमण देखिन सक्छ ।
४) डण्डिफोरको समस्या हुने छालमा होली पश्चात डण्डिफोर बढ्न सक्दछ ।
५) होली पर्व प्रतक्ष रुपमा घामको किरणमा बढि खेलिने हुँदा चाँया तथा पोतोको समस्या देखिन सक्दछ ।
होली खेल्नु पुर्व अपनाउन सकिने सावधानीहरु :
– सम्वेदनशिल छालामा होलिमा खेलिने रङका कारणले एलर्जी तथा संक्रमण हुन सक्ने हुँदा होली भन्दा २/३ दिन अगाडीदेखि छाला संवेदनशिल हुने कार्यहरु जस्तैः वाक्सिङ, थे्रडिङ, ब्लिचिङ, प्रयोग नगर्ने ।
– होली खेल्न जानपूर्व जिउमा नरिवल वा बदामको तेल अथवा मस्चराईजर लगाउने जसले रङ छालाको सतहसम्म सजिलै पुग्न दिदैन ।
– छालामा आईस प्याक (ICE Pack)को प्रयोग गर्ने। यसलेले छालाको पोर्स (PORES) हरु बन्द गर्दछ र होलिको रङ भित्र सम्म जान पाउँदैन ।
– अनुहारमा पनि बाक्लो गरी मस्चराईजर लगाउने र त्यस माथि (water resistant)सन्सक्रिम लगाउने ।
–कपालमा नरिवल वा वदामको तेल लगाउने र कपाल खुल्ला नछाड्ने ।
– पूरा बाउलाको गाडा कलरको लुगा लगाएर होली खेल्ने । घामको किरण पर्ने छालामा सकभर SPF 30भन्दा माथिको सन्सक्रिम लगाउने ।
– सकिन्छ भने अर्गानिक होलीको कलरहरु जस्तैः बेसार, मेरिगोल्ड, हिना आदिको प्रयोग गर्ने ।
– नङ छोटो गरेर काट्ने र नङमा गाढा कलरको नङ पालिस लगाउने जसले गर्दा नङमा रङको दाग बस्दैन । नङको वरिपरि छालामा भेसलिन लगाउने ।
होली खेलि सकेपछि अपनाउन सकिने सावधानीहरुः
– छालामा होलीको रङ छुट्टाउन साबुन, सर्फ तथा स्क्रव आदिको प्रयोग नगर्ने ।
– होली पश्चात् हाम्रो छाला संवेदनशिल हुन्छ त्यसैले रङ छुटाउन जेन्टल क्लिनजर र कपासको मद्दतबाट रङ सफा गर्ने अनि बल्ल नुहाउने । रङ नगएको खण्डमा धेरै माड्ने, मिच्ने नगर्ने, रङ आफै समयसँगै हल्का भएर जान्छ ।
–प्रशस्त मात्रामा मस्चराईजरको प्रयोग गर्ने ।
–छालामा कुनैपनि किसिमको रातो हुने, चिलाउने, फोका आउने, तथा अत्याधिक सुख्खा भएमा तुरुन्त छाला रोग विशेषज्ञसंग परामर्श लिने ।
लेखक छालारोग सम्वन्धि बिर अस्पताल काठमाण्डौ बाट MD Dermatology हुनुहुन्छ भने, बुटवल स्थित छालारोग क्लिनिक ड्रिम स्किन एस्थेटिक्स की निर्देशक हुनुहुन्छ ।
Releted Tags
// Popular Feeds
-
Skin Care Tips based on Skin Types
SEPTEMBER 21, 2022 -
Prevention of Hair Fall for Men and Women
SEPTEMBER 21, 2022 -
बुटवलमा कपाल प्रत्यारोपण सम्बन्धी उच्च प्रविधि
MARCH 28, 2022 -
Nothing looks better in your fifties than sunscreen in your twenties
FEBRUARY 7, 2022
//Popular Categories
- Information 10
- News 0